यू १९ एसिया कप: पहिलो खेलमा नेपाल बंगलादेशसँग १५४ रनले पराजित

यू १९ एसिया कप: पहिलो खेलमा नेपाल बंगलादेशसँग १५४ रनले पराजित

nepal cricket u19

बंगलादेशले एसीसी यू १९ एसिया कप क्रिकेटमा नेपाललाई १५४ रनले पराजित गरेको छ । शुक्रबार भएको पहिलो खेलमा २९७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १४३ रनमै समेटियो ।

नेपालका गुल्शन झाले सर्वाधिक ३५ रन बनाउँदा विवेक मगरले ३३ रन बनाए । यस्तै विवेक यादवले २६ रनको योगदान दिए । बंगलादेशका तान्जिम हसन सकिब, राकिबुल हसन, एसएम मेहरुब र नैमुर रहमानले समान २–२ विकेट लिए ।

यशअघि शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जितका लागि २९८ रनको लक्ष्य दिएको थियो ।

बंगलादेशका प्रान्तिक नबिलले अविजित रहँदै १ सय २७ रनको शतकीय इनिङ्स खेलेपछि ५० ओभरमा ४ विकेट गुमाउँदै २९७ रन बनायो ।

यस्तै मोहमद फाहिमले ५८ रनको अर्धशतकीय पाली खेल्दा एच मोल्लहले २२ रनको योगदान बनाए । नेपालका गुलशन झा, तिलक राज भण्डारी र मोहमद आदील आलमले १–१ विकेट लिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ