पोखराको मजुवाबाट एकनाले भरुवा बन्दुकसहित गुरुङ पक्राउ

पोखराको मजुवाबाट एकनाले भरुवा बन्दुकसहित गुरुङ पक्राउ

gurung

कास्की। एकनाले भरुवा बन्दुकसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट गस्तीमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं- ३२ मजुवाबाट एकनाले भरुवा बन्दुकसहित माछापुछ्रे गाउँपालिका वडा नं -५ रिभान बस्ने ३४ वर्षीय गणेश गुरुङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बिहीबार दिउँसो ३:५० बजेको समयमा बोराभित्र बन्दुक लुकाएर हिंडिरहेको अवस्थामा पक्राउ परेका गुरुङको साथबाट प्रहरीले सोही बन्दुकमा लाग्ने केप –१ थान र बारुद १५ ग्राम वरामद गरेको छ।

पक्राउ परेका उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ