सेन्ट्रल जोन महिला भलिबलः नेपालको लगातार दोस्रो जित

सेन्ट्रल जोन महिला भलिबलः नेपालको लगातार दोस्रो जित

Nepali-Womens-Volleyball-Team

काठमाडौँ । एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जित निकालेको छ ।

बंगलादेशको ढाकामा शुक्रबार भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

एकपक्षीय जस्तै बनेको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई २५–११, २५–९, २५–५ सेटमा हरायो ।

दुई जितपछि नेपाल ५ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३–२ को सेटमा जित हात पारेको थियो ।

६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।

यस्तै, पुरुष टोलीले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र उज्वेकिस्तानबीचको खेल दिउसो ५ः४५ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सेटमा पराजित भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ