नेपाल आइपुग्यो फाइजरको ६ लाख ६४ हजार डोज खोप

नेपाल आइपुग्यो फाइजरको ६ लाख ६४ हजार डोज खोप

fizer khop

काठमाडौँ । कोरोना भाइरसविरुद्धको फाइजर खोप आज (शुक्रबार) नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधामार्फत् आज बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल आइपुगेको हो ।

आज आएको खोप टेकुमा भण्डारण गरिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

कोभ्याक्स सुविधामार्फत् गत कार्तिकमा पनि १ लाख ६२० डोज फाइजर खोप नेपाल आएको थियो। उक्त खोप १२ वर्षमाथिका दीर्घरोगीहरूलाई दिइएको थियो ।

पुस १३ गतेदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहलाई लगाइने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds