नेपाली पुरुष भलिबल टोली पहिलो खेलमै पराजित

नेपाली पुरुष भलिबल टोली पहिलो खेलमै पराजित

Nepali-Vollyball

काठमाडौँ । एसियन सिनियर (एभीसी) सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली पुरुष टोलीले हार बेहोरेको छ ।

बंगलादेशको ढाकामा बिहीबार भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको हो।

नेपाल बङ्गलादेशसँग २५–१७, २५–१७ र २५–१९ को सेटमा पराजित भएको हो ।

अब नेपालले दोस्रो खेलमा आज शुक्रबार उज्वेकिस्तानसँग खेल्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल दिउसो ५:४५ बजे सुरु हुनेछ ।

महिलातर्फ भने नेपालले विजयी सुरुआत गरेको छ । बिहीबार नेपालले श्रीलंकालाई ३–२ को सेटमा हराएको हो ।

नेपालको महिला टोलीले आज माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ