काठमाडौँ । काठमाडौँको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि कुटपिट गर्ने विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् ।
गएको मङ्गलबार स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा चलिरहेको बेला स्नातक तह दोस्रो वर्षमा अध्यनरत विद्यार्थी कुवेर जेठाराले परीक्षाहलभित्र प्रवेश गरी शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट शिक्षक पुडासैनी घाइते भएका थिए । त्यही घटनालाई लिएर बिहीबार क्याम्पस प्रशासनले विज्ञप्ति निकाल्दै ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासित गरिएको जनाएको हो ।
क्याम्पस प्रशासनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘परीक्षासँग असम्बन्धित विद्यार्थी कुवेर जेठाराले परीक्षा हलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि साङ्घातिक आक्रमण गरेको र क्याम्पसको शैक्षिक वातावरणमा खलल पुर्याएको विषयमाथि क्याम्पस प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ । ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिएको र कानुनी कारबाही अगाडि बढिसकेको छ ।’
सम्बन्धित खबर
बालबालिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट
२०५६ देखि ११ र १२ कक्षा पास गर्न नसकेका विद्यार्थीका लागि अन्तिम मौका परीक्षा
त्रिवी स्नातकको अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र
आँधीखोला बोर्डिङको उद्घोषण, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न
१० करोडमा प्रशासनिक भवन बनाउँदै गण्डकी विश्वविद्यालय
शिक्षकको तलब मासिक रूपमा दिने व्यवस्था मिलाउन निर्देशन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ