श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

chirpat

सिरहा। आफ्नै श्रीमतीको दाउराको चिर्पट प्रहारबाट श्रीमानको मृत्यु भएको छ।  जिल्लाको धनगढिमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिकको उनकै श्रीमतीको दाउरा प्रहारबाट बिहीबार राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घरायसी विवादले उग्र रुप लिंदा श्रीमती ३५ वर्षीया हर्क माया बिकले दाउराको चिर्पटले श्रीमानको टाउकोमा हिर्काउंदा गम्भिर घाइते भएका उनको उपचारका लागि आरके मेडिसिटि अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाको सुचना पश्चात ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको टोलीले धनगढिमाई नगरपालिका-१३ भुल्लेस्थित टेक बहादुरकै भाइ बुद्ध बहादुर बिकको घरमा शव राखिएको अवस्थामा श्रीमती मायालाई पक्राउ गरेको हो।

पक्राउ परेकी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ