काठमाडौँ । एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली महिला टोलीले विजयी सुरुवात गरेको छ ।
बंगलादेशको ढाकामा आज बिहीबार भएको खेलमा श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्दै नेपालले सुखद सुरुआत गरेको हो ।
लगातार दुई सेटमा पराजय भोगेको नेपाली टोलीले पछिल्ला तीन सेट जित्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
सुरुआती दुई सेट श्रीलंकाले २५–१९ र २५–२१ ले जितेको थियो ।
तर, त्यसपछिको दुई सेटमा नेपालले २५–१५ र २५–१५ को सेटमा जित निकाल्यो ।
त्यसपछि अन्तिम सेटमा श्रीलंकालाई १५–१३ को सेटमा हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
अब नेपालले शुक्रबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै आजै बेलुका पौने ५ बजे पुरुष टोलीले आयोजक बङ्गलादेशसँग खेल्नेछ ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाएका छन् ।
पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते