काठमाडौँ । विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । रञ्जुले आज पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् ।
उनले लेखेकी छन्, ‘वि.सं. २०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उताव–चढावहरू आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ ।’
आफू राजनीतिमा सके सफा गर्छु, नसके फोहोर गर्दिनँ भनेर लागेको भन्दै उनले थप लेख्नुहुन्छ, ‘मेरो लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य छैन । म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिनँ भन्ने अठोटका साथ आएको व्यक्ति हुँ । वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, ऊर्जा, विद्धता, भावना, आर्थिक केही पनि कुरा प्रदान गर्न असमर्थ छु ।’
अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच पार्टीले लिने विचारबारे तीव्र विवाद छ । अध्यक्ष मिश्र संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह हुनुपर्ने विचारमा छन् ।
रञ्जु तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य थिइन् ।


सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते