नेपाली सेनाका कर्मचारीले घर बनाउन सहुलियत ब्याजमा ऋण पाउने

नेपाली सेनाका कर्मचारीले घर बनाउन सहुलियत ब्याजमा ऋण पाउने

nepal army

काठमाडौँ । नेपाली सेनाले आफ्ना कर्मचारीलाई घर बनाउन सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ ।

सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका श्रीमान् वा श्रीमतीको नाममा नेपालभर जुनसुकै ठाउँमा घर बनाउनका लागि सेनाले सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जाको सुरु गरेको हो ।

कार्यक्रमको बुधबार प्रधानसेनापति प्रभुराम शर्माले शुभारम्भ गरे । यो कार्यक्रममा सेनाका कर्मचारीले तीन दशमलव ३२ प्रतिशत ब्याज दरमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा पाउनेछन् ।

अहिलेसम्म २० जनाको आवेदन प्राप्त भएकोमा सात जनाको प्रक्रिया पूरा भएर रकम लिने क्रममा रहेको सेनाले जनाएको छ । यसका लागि नेपाली सेनाले गएको कात्तिक २२ गते राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरेको थियो ।

कर्जा सुविधा उपयोग गर्न योग्यता पुगेका कर्मचारीले काठमाडौँमा सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा र उपत्यकाबाहिर पायक पर्ने सेनाका कल्याण केन्द्रमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds