काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरिएको हो ।
माओवादी केन्द्रले ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ मुख्य नारा तय गरेको छ ।
गोलाकार लोगोभित्र सबैभन्दा माथि विश्व कम्युनिष्ट नेताहरुको चित्र छ । त्यसभन्दा तल माओवादी पार्टीको झण्डा र चुनाव चिह्न बोकेको समूहको छायाँ चित्रभित्र पार्टी अध्यक्ष प्रचण्डको तस्वीर राखिएको छ ।
सबैभन्दा पुछारमा धार्मिक र ऐतिहासिक सम्पदाको परिचय दिनेगरी मन्दिर, गुम्बा, चर्च र धरहराका चित्रहरु राखिएका छन् ।
माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ ।
सम्बन्धित खबर
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश तयारी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते