काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभरका २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ७ हजार २३३ पिसिआर र ४ हजार ४३ एन्टिजेन गरी कूल ११ हजार २७८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिईन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २७२ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा दुई जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।
आज थप भएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ । भने, संक्रमणकै कारण मृत्यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ। हालसम्म ८ लाख ९ हजार ३५९ जना कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन् ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ