नवलपुर। सुनको सिक्री लुटेर भाग्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
गैंडाकोट नगरपालिका वडा नं -१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका तीन जनालाई प्रहरीले पेस्तोल र ४ राउण्ड गोली सहित सोमबार साँझ पक्राउ गरेको छ ।
प्रहरीका अनुसार साँझको समय पसलमा बसिरहेको अवस्थामा लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका लुटेराले हतियार देखाई महिलाको सुनको सिक्री लुटेर भागेका थिए। उनीहरु भागे लगत्तै महिलाले गुहार मागेपछि स्थानीयले लुटेरा मध्येका राम बहादुरलाई समात्न सफल भइ प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले रामबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा गैंडाकोट नगरपालिका-१४ स्थित भाग्दै गरेको अवस्थामा दुई जनालाई पेस्तोल र ४ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा नवलपुर रुपौलिया गाउँपालिका-१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका -१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपुर सुस्ता गाउँपालिका -९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् ।
उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की