प्रतिनिधिसभाको बैठक बस्दैै, एमालेले विरोध जारी राख्ने

प्रतिनिधिसभाको बैठक बस्दैै, एमालेले विरोध जारी राख्ने

samsad-baithak

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मंगलबार दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

संसदको आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले चल्न दिनेमा शंका छ । एमालेले दोस्रो पटक संसद पुर्नस्थापना भययता हरेक बैठकमा अवरोध गर्दै आएको छ ।

आफुले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई निष्काशन नगरेसम्म संसदको अवरोध जारी राख्ने एमालेको अडान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds