दुधौलीमा हात्तीको आतंकः भत्कायो २८ घर, पीडितले भागेर ज्यान जोगाए

दुधौलीमा हात्तीको आतंकः भत्कायो २८ घर, पीडितले भागेर ज्यान जोगाए

elephant

सिन्धुली । सिन्धुलीको दुधौलीमा जंगली हात्तीले आतंक मच्चाएको छ।

दुधौली नगरपालिका–११ डुडेगैरीमा जंगली हात्तीले २८ वटा घर भत्काएको छ । वडाध्यक्ष कुमार लामाका अनुसार गएको आइतबार राति र त्यसअघि गरेर हात्तीले ४ वटा घर भत्काएको छ ।

हात्तीले घर भत्काएपछि स्थानीय बुधेश्वर सदा, गोले सदा, कतरिया सदा र लक्ष्मी सदाको परिवारको बिचल्ली भएको छ।

हात्तीले घर भत्काउनुका साथै अन्न र करेसा बारीको फलफूलसमेत नष्ट गरेको लक्ष्मी सदाले बताइन्।

आइतबार मध्यरातमा हात्तीको बथान बस्तीमा छिरेपछि स्थानीयले भागाभाग गरेर ज्यान जोगाएका छन्।

दुधौलीमा जंगली हात्तीले केही दिनअघि मात्रै २४ घर भत्काएको थियो। यो समेत माथिल्लो पत्रिङ्गा र डुडे गैरीमा २८ घर भत्किएको छ ।

सुरुमा घर भत्काएका १८ परिवारलाई रेडक्रस र दुधौली नगरपालिकाले खाद्यान्न, लत्ताकपडा, त्रिपाल सहयोग गरेको छ । बाँकी पीडित परिवार छिमेकीको घरमा शरण लिएर बसेका छन्।

गतवर्ष पनि हात्तीले दुधौली नगरपालिकाको विभिन्न वडामा दुई दर्जन बढि घर भत्काएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds