साफ च्याम्पियनसिपः नेपाल भारतसँग पराजित, फाइनल पुग्न असफल

साफ च्याम्पियनसिपः नेपाल भारतसँग पराजित, फाइनल पुग्न असफल

football-girls-19

काठमाडौँ । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।

बंगलादेशका ढाकामा आईतबार भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

भारतको जितमा एकमात्र निर्णायक गोल पी नावरेमले खेलको ६७ औँ मिनेटमा गरेका थिए ।

यस्तै, नेपाल फाइनल पुग्न पनि असफल भएको छ ।

नेपाल भारतसँग पराजय भोगसँगै आयोजक बंगलादेशले पनि आइतबार भएको खेलमा श्रीलंकालाई १२–० गोल अन्तरले पराजित गरेपछि नेपालको फाइनल प्रवेशको सम्भावना सकिएको हो ।

ढाकामा भएको खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको खण्डमा नेपाल फाइनल पुग्ने समीकरण थियो । तर, बंगलादेशले श्रीलंकाविरुद्ध एक दर्जन गोलको वर्षा गर्यो ।

श्रीलंकामाथि सानदार जितसँगै बंगलादेश शीर्ष स्थानमा रहदै फाइनल पुगेको छ ।

बंगलादेशले ४ खेलमा १० अंक जोड्यो ।

अब बंगलादेशले उपाधिका लागि भारतसँग खेल्नेछ । भारत दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । भारतले ४ खेलमा ९ अंक जोड्यो ।
नेपाल तेस्रो स्थानमा रह्यो । नेपालले ४ खेलमा ७ अंक जोड्यो ।

उक्त हार नै नेपाल बाहिरिनुको मुख्य कारण बन्यो । भारतलाई हराएको खण्डमा नेपाल फाइनल पुग्ने थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ