कास्की। मादक पदार्थ सेवन गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा नं -९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिकले बाग्लुङ नगरपालिका -६ लहरेपिपल घर भएका ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
तिवारीका अनुसार गत शुक्रवार कास्कीको अन्नपूर्ण गाउँपालिका -१० घान्द्रुकस्थित चिहान घाटमा रहेको ट्रस भित्र परियारको शव फेला परेको थियो। घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी अधिकृतसहितको टोलीले गरेको अनुसन्धान पश्चात हत्याको अभियोगमा उनीसंगै हिँड्ने अर्जुन बिकलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार मृतक परियार भिक्षा माग्दै हिँड्ने गर्दथे। उनीसंगै बिक हिँड्ने गरेको र उक्त दिन मादक पदार्थ सेवन गरी भएको आपसी विवादमा परियारको हत्या गरेको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका उनीमाथि जिल्ला अदालत कास्कीबाट चार दिन म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता तिवारीले बताए।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो