सर्वदलीय बैठक : एमसिसीबारे छलफल, संशोधनविना एमसीसी पास गर्न नहुनेमा सांसदहरुको जोड

सर्वदलीय बैठक : एमसिसीबारे छलफल, संशोधनविना एमसीसी पास गर्न नहुनेमा सांसदहरुको जोड

baithak

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विषयलाई लिएर दलहरूबीच विवाद भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र शीर्ष नेता सहभागी थिए । बैठकको सुरुमै प्रधानमन्त्री देउवाले साना दललाई आफ्ना भनाइ राख्न अनुरोध गरेका थिए ।

आजको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता उपस्थित भएनन्। एमसिसीबारे नेमकिपा, राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरूले प्रष्ट रूपमा विरोध जनाएको थिए । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले पनि धारणा राखेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ