पोखरामा लिम्बु समुदायले मनाए उधौली पर्व

पोखरामा लिम्बु समुदायले मनाए उधौली पर्व

udhauli

पोखरामा (याक्थुङ चुम्लुङ) लिम्बुहरुले सामुहिक रुपमा उधौली पर्व मनाएका छन् ।

हरेक वर्ष मनाउंदै आएका किराँत याक्थुङ चुम्लुङ कास्कीले पुजाआजा तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आईतबार पर्व मनाएका हुन् । पर्वमा पूर्वको ताप्लेजुङ, पाँचथर, ईलाम, धनकुटा लगायतका समुदायको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष धन बहादुर थेबे लिम्बुले बताए ।

उनले हरेक वर्ष मनाउँदै आएको पर्वमा लिम्बु समुदायका २ सय बढी व्यक्तिको उपस्थिति रहदै आएको जानकारी दिए । ‘घर पूर्व भएपनि काम र रोजगारीको शिलशिलामा पोखरा रहेका याक्थुङहरु भेला भएर उधौली पर्व मनाउदै आएका छौ, अध्यक्ष लिम्बुले भने-‘यसरी आफ्नो महान् पर्व मनाउन पाउँदा खुशी छौ ।’

उनका अनुसार किँरातहरुले उधौली पर्व अन्तवाली छरिसकेपछि मनाउने गर्छन् भने उभौली पर्व अन्नवाली लगाउने समयमा मनाउने गर्दछन् ।

उनले कास्कीमा लिम्बु समाज स्थापना गरेको ३ वर्ष भएको बताउंदै यो चुम्लुङ खोल्नुको उद्देश्य पनि आफ्नो भाषा, लिपी र संस्कृतिको संरक्षण गर्नु रहेको बताए।’

उनले पर्वलाई विशेष बनाउनका लागि विभिन्न नाँचहरु समावेश गरिएको बताए । ‘हामीले यो पर्वमा च्याब्रुङ नाँच नाच्छौ, उनले भने, ‘त्यसमा १९ वटा चराको नक्कल गरेर कथा अनुसार नाँच्ने प्रचलन रहेको छ ।’

त्यसैगरी लिम्बु समुदायका अग्रज मदन ईङनाम सुब्बाले हरेक वर्ष मनाउदै आएको पर्वले पोखरामा छरिएर रहेको लिम्बुहरुलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताए । उनले यसअघि किराँत भित्र पर्ने सुनुवार तथा राई लगायतले सँगै मनाउंदै आएको बताउदै फरक फरक स्थानमा रहेर मनाएपनि अपनत्व रहिरहने दाबी गरे ।’ उनका अनुसार एकताको सुत्रमा बाँध्न र पर्व तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्य सहित उधौली पर्वको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदै आएको बताए ।

त्यसैगरी कार्यक्रममा सहभागी राधा लिम्बुले आफ्नो जन्मभूमि देखि टाढा रहेर पनि आफ्नो महान चाड मनाउन पाउँदा खुशी लागेको बताईन् । ‘यो ड्रेस सधै लगाउन पाईदैन, यस्तै अवसरमा त हो लगाउने । उनले भनीन्, ‘यो पोशाकको आफ्नै महत्व छ । र यो ड्रेस लगाउँदा छुट्टै आनन्द मिल्छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ