६७ मुलुकका यात्रुका लागि अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने नियम हट्यो

६७ मुलुकका यात्रुका लागि अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने नियम हट्यो

immigration_adhyagaman

काठमाण्डौ – ६७ मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका देशबाट आएका यात्रुहरुका लागि शुक्रबार मात्र जारी गरेको नयाँ नियम फिर्ता लिएको हो ।

अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो । तर, शनिबार अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

अध्यागमन विभागका अनुसार शुक्रबार जारी गरेको सूचना फिर्ता लिँदै यसभन्दा पहिला २४ सेम्टेम्बरमा जारी गरिएको सूचना नै अर्को सूचना जारी नभएसम्मलाई लागू हुने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds