मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छः रावल

मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छः रावल

bhim-rawal

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफूलाई सोध्दै नसोधी केन्द्रीय सल्लाहकार पदको सदस्य नियुक्त गरिएकोमा आपत्ति जनाएका छन् ।

रावलले सामाजिक सञ्जालमार्फत ट्विटरमार्फत परिषद् सदस्य बनाएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्– ‘मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि नेता रावलले आफू कुनै पनि पदमा नबस्ने घोषणा गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ