भिरबाट लडेर श्रीमान्–श्रीमतीको मृत्यु

भिरबाट लडेर श्रीमान्–श्रीमतीको मृत्यु

death body

गुल्मी । भिरबाट लडेर गुल्मीमा एक दम्पतीको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडानम्बर–१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मुसिकोट नगरपालीका वडानम्बर–१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर उनीहरु घाइते भएका थिए ।

उनीहररुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।

दुई जना बाङ्गे माइती जाने क्रममा भिरबाट लडेका थिए । मृतक २ जनाको शव गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ