काठमाडौँ । नेपाली कांग्रेसको १३ पदाधिकारीका लागि भएको निर्वाचनको सबै नतिजा सार्वजनिक भैसकेको छ । शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएसँगै १३ सदस्यीय पदाधिकारी चयन भएको हो ।
एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुने कांग्रेसको विधान रहेको छ । जसअनुसार १३ पदाधिकारी मध्ये ८ पदाधिकारी शेरबहादुर देउवा प्यानलले जितेको छ । यस्तै, एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री गरी कूल चार पदाधिकारी डा. शेखर कोइराला प्यानलले जितेको छ भने एक महामन्त्रीमा प्रकाशमान सिंह प्यानलले जितेको छ ।
शुक्रबार भएको सहमहामन्त्री पदको मतगणनामा मधेशीतर्फ महेन्द्र यादव, थारुतर्फ उमाकान्त चौधरी, पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे, खसआर्यतर्फ किशोरसिंह राठौर र मुस्लिमतर्फ फरमुल्लाह मन्सुर विजयी भएका छन् । मधेशीतर्फ महेन्द्र यादवले दुई हजार २६ र उनका नजिकका प्रतिद्वन्दी रामकृष्ण यादवले एक हजार आठ सय २० मत प्राप्त गरे । थारुतर्फ उमाकान्त चौधरीले दुई हजार पाँच सय ४५ र तेजुलालले एक हजार सात सय ७२ मत प्राप्त गर्नुभएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । यस्तै पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डेले दुई हजार चार सय ११ र जीवनबहादुर शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गरे । मुस्लिमतर्फ फरमुल्लाह मन्सुरले दुई हजार सात सय ७६ र शेख वकीलले एक हजार आठ सय ७५ मत प्राप्त गरे ।
यस्तै खस/आर्यतर्फ किशोरसिंह राठौरले दुई हजार पाँच सय ७६ र देवराज चालिसेले दुई हजार ५९ मत प्राप्त गरे । यसअघि बिहीबार महिलातर्फ महालक्ष्मी उपाध्याय, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् ।
अब आज १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने