६७ देशबाट नेपाल आउँदा ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने

६७ देशबाट नेपाल आउँदा ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने

immigration_adhyagaman

काठमाडौँ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ गर्न थालिएको छ ।

स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउने यात्रुलाई सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने बताएको छ ।

क्वरेण्टीन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने विभागले जनाएको छ ।

विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार ७ दिन होटल क्वरेण्टीन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वरेण्टीन बस्नुपर्नेछ।

पोजेटिम रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds