साफ यू–१९ महिला फुटबलमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक

साफ यू–१९ महिला फुटबलमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक

football- u-19-girls

काठमाडौँ । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले हराएको छ ।

बङ्गलादेशको ढाकामा हिजो शुक्रबार भएको खेलमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ ।

नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक/एक गोल गरे । यो जितसँगै नेपालले तीन खेलमा ७ अङ्क जोडेको छ ।

भुटानमाथिको जितसँगै तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीको नजिता निकालेको नेपालले सात अंक जोडेको छ ।

चार खेलमध्ये केवल एक खेलमा जित निकालेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आयोजक बंगलादेशको पनि तीन खेलमा सात अंक रहेको छ ।

यता भारतले भने तीन मध्ये दुई खेलमा जीत र एक खेलमा पराजय भोग्दै ६ अंक जोडेको छ ।

नेपालले अब डिसेम्बर १९ मा भारतको सामना गर्नेछ र सोही खेलको नतिजाले नेपालको अबको यात्राको टुंगो लगाउनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ