काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना चलिरहेको छ।
कांग्रेस सहमहामन्त्रीमा विभिन्न आठ क्लस्टर छन् । आठमध्ये हिजो तीन वटा क्लस्टरको नतिजा आएको छ ।
सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे र दलिततर्फ जीवन परियार निर्वाचित भएका हुन् ।
सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २ हजार ५ सय ३३ मत पाएकी हुन् । उपाध्यायले शेखर कोइरालाको प्यानलकी उम्मेदवार कमला पन्त (२ हजार १ सय ५ मत) लाई हराएकी हुन् ।
सभापति देउवाको प्यानलकै उम्मेदवार आङ्दाम्बेले २ हजार ७ सय ११ मत पाएका छन् । आङ्दाम्बेले डा. कोइरालाको प्यानलका उम्मेदवार विकास लामा (१ हजार ९ सय १३ मत) लाई हराएका हुन् ।
यस्तै सहमहामन्त्री दलिततर्फ कोइराला प्यानलका जीवन परियार २ हजार २ सय १२ मत ल्याएर निर्वाचित भएका हुन् । परियारले देउवा प्यानलका मानबहादुर विश्वकर्मा (२ हजार १ सय ७५ मत) लाई हराएका हुन् ।
अब बाँकी रहेका मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस/आर्यतर्फका सहमहामन्त्रीका लागि आज (शुक्रबार) बिहानदेखि मत गणना गरिने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
मुस्लिमतर्फ फमुल्लाह मन्सुर र शेख वकिल, मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, पिछडिएको क्षेत्रतर्फ चेतराज बजाल, थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा खस/आर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे प्रतिस्पर्धामा छन् ।
यी हरेक क्लस्टरबाट एक जना सहमहामन्त्री निर्वाचित हुनेछन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते