पोखरा । पोखराका पर्स्याङमा रहेको सिद्धार्थ बैंकको शाखा कार्यालयका ग्राहक र त्यसका सेवाग्राहीले स्वास्थ्य प्रयोगशालामा छुट पाउने भएका छन् । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र बैंकको शाखाबीच बिहीबार यो सम्झौता भएको हो ।
सम्झौतापत्रमा युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त र बैंकका पस्र्याङ शाखा प्रमुख अनिरुद्र बरालले हस्ताक्षर गरेका छन् । अब युआरएलमा हुने सबै रक्त परीक्षणमा सिद्धार्थका सेवाग्राही र कर्मचारीले ३० प्रतिशत छुट पाउने छन् ।
सर्वसाधारणलाई सहज र सुलभ तवर गुणस्तरीय सेवा दिन विभिन्न संघ, संस्थासँग सहकार्य गर्दै आएको युआरएल अध्यक्ष पन्तले बताए ।
युआरएलसँग छुट सम्झौता भएको यो ४६ औं संस्था हो । पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको युआरएलले पोखराकै हस्पिटलचोक, दुलेगौंडा, दमौली, बेंसीसहर र वालिङबाट सेवा दिइरहेको छ ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ