साफ यू–१९ महिला फुटबलमा आज नेपाल र भुटान खेल्दै

साफ यू–१९ महिला फुटबलमा आज नेपाल र भुटान खेल्दै

football-girls

काठमाडौँ । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा आज शुक्रबार नेपालले भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भुटानसँगको खेल्न जित्नैपर्ने दबाब छ ।

यसअघि, नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको थियो ।

भुटानले पहिलो खेलमा श्रीलङ्कालाई ५–० ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६–० र तेस्रो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो ।

प्रतियोगितामा लगातार दुई खेल जितेको भारत ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । आयोजक बङ्गलादेश र नेपालले समान दुई खेलमा चार–चार अङ्क जोडेका छन् । भुटानले तीन खेलबाट ३ अङ्क जोडेको छ र फाइनलको सम्भावना कायमै राखेको छ ।

लगातार तीन खेलमा पराजित श्रीलङ्का भने फाइनल होडबाट बाहिरिसकेको छ ।

नेपालले आफ्नो अन्तिम डिसेम्बर १९ मा भारतविरुद्ध खेल्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ