काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
आज बिहीबार भएको मतगणनामा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार ९८४ मत प्राप्त गरेका हुन् ।
परिणाम कांग्रेसको निर्वाचन समितिले घोषणागर्न बाँकी रहेको छ ।
थापा डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका हुन् भने शर्मा प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बनेका हुन् ।
यसैगरी सभापति शेरबहादुर देउवाको पक्षबाट उम्मेदवार बनेका डा. प्रकाशशरण महतले १५५० मत प्राप्त गरेका छन् भने प्रदीप पौडेलले १४०९ मत ल्याए । कोइराला पक्षबाटै उम्मेदवारी दिएका डा. मीनेन्द्र रिजालले ८०९ मत र विमलेन्द्र निधि समूहबाट उम्मेदवार बनेका राजाराम कार्कीले १०७ मत ल्याएका छन् ।
सभापतिमा देउवा निर्वाचित भइसकेका छन् भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।
गत सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको हो ।
अब सह–महामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणन हुने बताइएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते