पोखरा । पोखरामा ईतिहासकै पहिलोपटक हुन लागेको सहिद स्मारक ए डिभिजन लिग सञ्चालनको तयारी तीव्र पारिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी तयारी तीव्र पारिएको जानकारी दिएको हो ।
यो वर्ष लिगका ३ खेल पोखरा रंगशालामा तोकिएको छ । लिगमा सहभागी प्रमुख टोली मनाङ मस्र्याङ्दी क्लबले होम ग्राउण्डको रुपमा पोखराको मैदान गरेपछि पोखरेलीले आफ्नै मैदानमा लिगका खेल हेर्न पाउने भएका हुन् । पोखरेलीको प्रिय टीम मनाङले आफ्नै भूगोललाई होम ग्राउण्ड छानेको हो ।
सार्वजनिक तालिका अनुसार मनाङले पोखरामा पुस ३, पुस १७ र पुस २४ गते खेल्नेछ । पुस ३ गते विभागीय नेपाल पुलिस क्लबसँग पाँचौं चरणको खेल खेल्नेछ । सातौं चरणमा पुस १७ मा मनाङको प्रतिद्वन्द्वी ब्रिगेड ब्वाइज हुनेछ भने पोखराको मैदानको अन्तिम खेल पुस २४ गते च्यासल युथ क्लबसँग आठौं चरणमा खेल्नेछ ।
घरेलु मैदानमा हुने पहिलो खेलको तयारीका लागि मनाङको टोली बुधबार पोखरा ओर्लिएर पत्रकारसँग भेटघाट गरेको हो । लिग कमिटी निर्देशक सञ्जीव मिश्रले पोखरामा पहिलोपटक हुने ३ खेललाई होम एन्ड अवे अवधारणाको परीक्षणरुपमा लिएको बताए । उनले प्राविधिक रुपमा पोखराको मैदान उपयुक्त रहेको बताउँदै केही आवश्यकीय तयारी भइरहेको पनि उल्लेख गरे । सुरक्षाका हिसाबले पनि सबै तयारी गरिसकिएको उनले बताए । कोभिड महामारीबाट बच्ने सबै उपाय अवलम्वन गर्न नसकिएपनि फिफा र एएफसीको मापदण्ड अनुसार खेलाइने मिश्रले उल्लेख गरे ।
एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले पोखरामा हुने ३ खेललाई सफल बनाउन सबैलाई आग्रह गर्दै यो नयाँ परीक्षणलाई पोखरेलीले सफल बनाइदिनेमा आफू ढुक्क रहेको बताए ।

एन्फाका केन्द्रीय सदस्य एवं मनाङका उपाध्यक्ष विजय घलेले एन्फाको अवधारणअनुसार अघि बढ्दा पोखरालाई छनौटमा राखेको बताउँदै उनले पोखरामा थप स्थापित गर्न यसले सहयोग पुग्ने बताए । उनले भने –लिग इतिहासमै पहिलो पटक लिगका खेलहरु पोखरा हुँदैछन्, हामीले दर्शक अपेक्षा राम्रै गरेका छौं । किनभने पोखरेलीको प्रिय टीम मनाङ नै हो । त्यसैले नै हामीले पोखरालाई होम ग्राउण्ड बनाएको हो । घलेले पोखरामा हुने सबै ३ खेल जितेर शीर्ष स्थानमै रहेर लिग टुंगाउने योजनामा रहेको पनि बताए ।
एन्फा कास्की अध्यक्ष मिलन गुरुङले मनाङको ३ खेल पोखरामा हुने भएपछि यहाँको फुटबलको विकासमा टेवा पुग्ने बताए । त्यसैले यी खेलहरु सफल बताउन आफूहरुले पूर्ण सहयोग गर्ने उनले बताए ।
पोखरा रंगशालमा लिगका खेल हेर्न टिकट काट्नुपर्नेछ । ३ सय र १ सय दरका टिकट उपलब्ध हुने आयोजकले जनाएको छ । अहिले पोखरा रंगशालामा पूर्वाधार तयारी काम धमाधम चलिरहेको छ । १ हप्ता अघिदेखि नै एक दर्जन बढी कामदार खटिएका छन् । आगामी फागुन १४ सम्म सञ्चालन हुने लिगमा १४ ए डिभिजन टीम प्रतिस्पर्धामा छन् । तीमध्ये २ टोली रेलिगेसन परेर ‘बि’ डिभिजनमा घटुवा हुने छन् । विजेताले ७५ लाख र उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते