पोखरा । नेपाल जेसीजको ४८ औं महाधिवेशन पोखरामा आजदेखि सुरू हुँदैछ । पुष ४ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा हुने महाधिवेशनले वर्ष २०२२ लागि नयाँ नेतृत्व चयन गर्नेछ।
पोखरा जेसीजको आथित्यतामा हुने महाधिवेशनमा देशभरका १६१ वटा शाखाका करिब ३ हजार प्रतिनिधि तथा अतिथिहरुको सहभागिता रहनेछ ।
यो महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा ६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबारबाट भएको उम्मेदवारी प्रशिक्षणमा यसभन्दा अघि उम्मेदवारी दर्ता गराएका ६ जना नै सहभागि भएपछि एकअर्कामा प्रतिस्पर्धा हुने पक्का भएको हो । ३ दिनसम्म चलेको प्रशिक्षण हिजाे सकिएकाे हाे ।

अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जेसीजको विधान अनुसार डेढ महिना अघि उम्मेदवारी दर्ता गर्नु पर्ने हुन्छ भने उम्मेदवारी प्रशिश्रणमा अनिवार्य सहभागि हुनु पर्ने हुन्छ । यदि उम्मेदवारी दर्ता गरेर पनि प्रशिश्रणमा सहभागि नभएमा स्वतः उम्मेदवारी खारेज हुनेछ ।
पोखरामा महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । जसमा विराटनगर जेसीजका पूर्व अध्यक्ष तथा २०१९ का कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल (मिलन), भूवननगर जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका निवर्तमान कार्यकारीणी उपाध्यक्ष लालमणी भण्डारी, काभ्रे जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका महासचिव जेसीआई सिनेटर विकास मानन्धर, गैडाकोट जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका कानुनी सल्लाहकार गोकुल सापकोटा, सौराह जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष शिवप्रसाद भुषाल र गछिया जेसीजका पूर्व अध्यक्ष तथा २०१९ का कार्यकारिणी उपाध्यक्ष अमिस ढकालबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, ४ जना कार्यकारिणी उपाध्यक्षमा पनि ९ जनाबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । कार्यकारीणी उपाध्यक्षमा पनि सबै उम्मेदवारीको सहभागिता भएपछि ९ जनाको बीच प्रतिस्पर्धा हुनेछ । यी मध्ये ४ जना निर्वाचित हुने हुनेछन् ।
कार्यकारिणी उपाध्यक्षका लागि कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिलबहादुर शाही, गीतानगर जेसीजका पूर्व अध्यक्ष अशोक कोइराला, तरहरा जेसीजका निवर्तमान अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुनिल तिम्सिना, धरान जेसीजका निवर्तमान अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौला, पाटन लेडी जेसीजकी पूर्व अध्यक्ष सुर्मिता शर्मा, मलङ्वा जेसीजका पूर्व अध्यक्ष अनवर हुसेन, काठमाडौ जेसीजकी पूर्व अध्यक्ष इनु थापा, बालकोट जेसीजकी पूर्व अध्यक्ष रमा प्याकुरेल र भलबारी जेसीजका पूर्व अध्यक्ष गोविन्द पंगेनीबिच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, १२ जना उपाध्यक्षका लागि २२ जनाको उम्मेदवारी परेकोमा ३ जना पछि हटेका छन् । अब १९ जनाबिच प्रतिस्पर्धा हुनेछ । यस अघि उम्मेदवारी दिएका सैनामैना जेसीजका अर्जुन भण्डारी, व्यासनगर जेसीजका अध्यक्ष लक्ष्मीभक्त खनाल र बस्तीपुर जेसीजका निवर्तमान अध्यक्ष जयराम सुवेदी प्रशिक्षणमा सहभागि नभएपछि उपाध्यक्षको संख्या १९ मा झरेको हो ।
राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिनेहरुमा कृष्ण श्रेष्ठ शुक्लागण्डगी जेसीज, नरेश ओझा महेन्द्रनगर जेसीज,, कुमारसिंह सावाँ सताक्षीधाम जेसीज, राम पाण्डे कोहोलपुर जेसीज, नेत्र भट्टराई तुलसीपुरनगर जेसीज, जीवन श्रेष्ठ ठिमी जेसीज, जीवन कार्की रामेछाप जेसीज, योगीराज अधिकारी चम्पापुर, मुकेश सिंह विरगञ्ज जेसीज, अभिशेक दुलाल सीतापाइला जेसीज, हेमराज आचार्य रत्ननगर जेसीज, सन्दिप अग्रहरी रामग्राम जेसीज, प्रदिप फुयाँल पथरी जेसीज, रश्मि बस्नेत हेटौडा लेडी जेसीज, मनोजकुमार शाह जनकपुर जेसीज, विपिन चौधरी कलैया सिटी जेसीज, प्रमोद पोखरेल गोदावरी जेसीज, राजीव प्रसाई धुलावारी जेसीज र सुजित भण्डारी नगरकोट जेसीजबिच प्रतिस्पर्धा हुनेछ ।
महाधिवेशन तयारी पूरा
आयोजकले मंगलबार महाधिवेशनस्थलमै पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जनाएको हो । महाधिवेशन निर्देशक ईश्वर कर्माचार्य, आतिथ्यता गरेको पोखरा जेसिजका अध्यक्ष किरण केसी, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल लगायतले महाधिवेशनबारे बोलेका थिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन