बजारबाट ल्याएको खाद्य वस्तुले मात्र होमस्टेको प्रवद्र्धन हुन सक्दैनः मन्त्री बराल

बजारबाट ल्याएको खाद्य वस्तुले मात्र होमस्टेको प्रवद्र्धन हुन सक्दैनः मन्त्री बराल

266795717_1134049154005591_8847867376094045803_n

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालजीवनले बजारबाट ल्याएको खाद्य वस्तुले मात्रगाउँगाउँमा संचालनमा रहेका होमस्टेलाई दिगो रुपमा संचालन गर्न नसकिने बताएका छन् ।

पोखरा २२ मा रहेको भुम्दी टुनार सामुदायिक होमस्टेको हालै निर्माण भएको बाटोको बुधबार एक समारोहका बिच उद्घाटन गर्दै मन्त्री बरालले होमस्टेको प्रवद्र्धन गर्न गाउँ–गाउँमै खाद्य बस्तुहरु उत्पादन गर्नुपर्ने अन्यथा होमस्टेलाई दिगो रुपमा संचालन गर्न नसकिने बताएका हुन् ।

प्रकृति र संस्कृतिको धनी नेपाल र गण्डकी प्रदेशका गाउँ–गाँउको आर्थिक विकास र समृद्धिको लागि होमस्टेले समेत थप सहयोग गर्ने हुँदा गाउँको विकासको लागि गाउँकै माटो सुहाउँदो उत्पादनमा जोड दिनुपर्ने उनको भनाई थियो । गण्डकी प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो पूर्वाधारको रुपमा अघि सारेकोले उक्त अभियानलाई होमस्टेले थप टेवा पुग्ने मन्त्री बरालले जनाए। होमस्टेलाई राम्रोसँगै सञ्चालन गर्न सकेको खण्डमा शहर केन्द्रित भएकाहरुलाई पुनःगाउँफर्क अभियानको रुपमा गाउँमा फर्काउन सकिने मन्त्री बरालको दाबी छ । पोखराको छोरेपाटन देखि शान्ति स्तुपा, लुकुन्स्वाँरा, भुम्दी, ढावा, उल्लेरी हुदै कुभिण्डे सम्मको सडक स्तरोउन्नतीमा समेत विशेष ध्यानदिने मन्त्री बरालले बताए ।

पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले मन्त्री बरालको बिषेश पहलमा पोखरा २२ माचालु आर्थिक बर्षमा करिब साँढे दुई करोड बजेट विनियोजन भएको बताए । होमस्टे दिगो रुपमा सञ्चाल नगर्न अनुदानले मात्र नहुने उनले बताए । प्रकृति, संस्कृति र फलफुल तरकारीको खानीको रुपमा भुम्दीभुम्दी रहेको अध्यक्ष बरालको भनाई छ । सहकारीकर्मी एवं माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष नवराज बरालले पुम्दीको साग तथा काक्रोले छुट्टै पहिचान बनाएको दाबी गरे । कृषिबाट पुम्दीभुम्दीको पर्यटन विकास गर्न सकिने उनले बताए ।

कालाभाङ सामुदायिक होमस्टेका अध्यक्षप्रकाशचन्द्र गुरुङले कोभिड १९ ले होमस्टेलाई खासै प्रभाव नभएको दाबी गरे । होमस्टे होटल जस्तो नभई आफ्नै घरमा आउने पाहुनाको रुपमा उनीहरुलाई स्वागत गरिने भएकोले यसमा कोरोनाले खासै प्रभाव नभएको उनको भनाई थियो । भुम्दी टुनार आमा समुहका अध्यक्ष राधा गुरुङले मन्त्री बरालको आगमनले गाउँको मुहार फेरीने विश्वास व्यक्त गरिन् । सडक स्तरोउन्नती, कृषि प्रबद्र्धन लगायतका पूर्वाधार निर्माण गर्नूपर्ने उनले माग गरिन् ।

कप्तान दीलकाजी गुरुङले पुम्दीभुम्दीको विकट क्षेत्र भएकोले पुम्दीका केही व्यक्तिहरु विस्थापित भएकोले बाँकी रहेकालाई गाउँमै बस्ने वातावरण सृजना गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने गुनासो गरे ।

गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट १० लाख र संघिय सांसद एवं पूर्व युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माको संसद विकास कोषबाट ५ लाख, स्थानियको समेत सहभागितामा निर्माण भएको ढलान तथा सिढी बाटो हालै निर्माण भएको हो । होमस्टेका अध्यक्ष नानीमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष धनमाया गुरुङ, सचिव शान्ति गुरुङलगायतले बोलेका थिए । ११ घरमा रहेको उक्त होमस्टेमा एकै रातमा एक सय जनापर्यटकहरुलाई व्यबस्थापन गर्न सकिने भएको अध्यक्ष गुरुङले बताए ।

वारपाक सुलिकोटमा निर्माण भएको प्रशासनिक भवन अवलोकन

यसैबिच, गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गोर्खाको बारपार्क सुलिकोट गाउँपालिकाको हालै निर्माण भएको प्रशासकिय भवनसहितको भौतिक संरचनाको हालै अवलोकन तथा भ्रमण समेत गरेका छन् ।

डाँडामा निर्माण भएको निकै आकर्षक उक्त भवनले प्रदेश सरकारकै नमुना पालिका भवन हुन सक्ने मन्त्री बरालले बताए । मन्त्री बराललाई गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङले उक्त भवनको बारेमा जानकारी गराउदै स्वागत समेत गरिन् । गाउँपालिका भवन निर्माण सँगै अत्यावश्यक पर्ने पूर्वाधार निर्माण गर्न आवश्यक सहयोगको पहल गर्ने उनले जनाए । यस बर्षको पहिरोले गर्दा पालिका जोड्ने सडक लगायतका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको विशेष पहल गर्न गाउँपालिका अध्यक्ष भट्टले बताए । नेपालका जनयुद्धका प्रथम शहिद दीलबहादुर रम्तेलको स्मृतिमा करिब ५ करोडको लागतमा पार्क निर्माण प्रकृया अघि बढाउने भएको अध्यक्षले बताए ।

त्यस्तै मन्त्री बरालले मंगलबार गोर्खाको भिमसेन थापागाउँपालिका स्थित इसाई एकता समाजले आयोजना गरेको ख्रिष्टमस महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रममा मंगलबार बोल्दै कुनै पनि धर्मलाई जबरजस्ती कसैले परिवर्तन गराउन नपाइने बताए । समयमै नेपालीहरु सचेत हुन नसके धार्मिक युद्ध हुन सक्ने समेत खतरा निम्तिने मन्त्री बरालको भनाई थियो । तत्काल कसैले लोभ र प्रलोभन देखाउदैमा आफ्नो कला संस्कृतिलाई बिर्सीएर आफ्नो धर्म संकार बिर्सन नहुने उनको भनाई थियो । समाजका अध्यक्ष जयन गुरुङको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्र गण्डकी प्रदेशका सदस्य लोकप्रसाद बन्जरा लगायतले बोलेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ