साफ यू–१९ महिला फुटबलः श्रीलंकाविरुद्ध नेपालको आधा दर्जन गोल

साफ यू–१९ महिला फुटबलः श्रीलंकाविरुद्ध नेपालको आधा दर्जन गोल

football-girls-19

काठमाडौँ । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई हराएको छ।

बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा बुधबार नेपालले श्रीलंकालाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो ।

नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई तथा सबिता राना मगर, मेनुका कुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एक/एक गोल गरेका थिए ।

यस जितसँगै जारी च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

पहिलो खेलमा बराबरी खेलेको नेपालले दुई खेलबाट ४ अंक जोडेको छ। नेपाल दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

श्रीलंकाको भने यो लगातार तेस्रो हार हो। श्रीलंका अंकविहीन छ।

नेपालले तेस्रो खेल पुस २ गते भुटान र अन्तिम खेल पुस ४ गते भारतसँग खेल्ने छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा ५ टीमको सहभागिता रहेको छ ।

शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन्। फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ