यू–१९ एसिया कपको लागि नेपाली टिम घोषणा

यू–१९ एसिया कपको लागि नेपाली टिम घोषणा

can_cricket_KwgzKRwhnO

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेटको लागि नेपाली टिमको घोषणा गरेको छ ।

क्यानले बुधबार देव खनालको कप्तानीमा १५ सदस्सीय टिम घोषणा गरेको हो ।

टिमको उपकप्तानमा शेर मल्ल छन् ।

यस्तै टिममा टिपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रमाश जैसी, अर्जुन साउद र राहुल भण्डारी छन् ।

एसिया कप युनाईडेट अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २ सम्म हुनेछ ।

एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।

समूह बीमा रहेको नेपालले डिसेम्बर २३ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ