पोखराको फेवातालमा माछाका भुरा छोडिएको छ । पोखरा महानगरपालिका वडा नम्वर १८ को वडास्तरीय वजेटबाट तालमा १६ हजार माछाका भुरा छाडिएको हो । सिल्भर कार्प र बिगहेड कार्प जातका माछा तालमा छाडिएको हो । पोखरा महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा आयोजित कार्यक्रममा तालमा माछाका भुरा छाडिन् ।
उनले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गदै फेवातालका माछालाई ब्राण्डिङ गर्नुपर्नमा जोड दिइन् । गुरूङले फेवातालको माछा संरक्षण र व्राण्डिङ गर्नसके यहाँबाट आश्रित जलारी समुदायको जीवन आर्थिक रुपमा सवल हुने बताइन् । प्रमुख गुरुङले यहाँको जेठोबुढो धानलाई प्याकेजिं गरेर प्रवद्र्धन गर्ने काममा महानगर लागेको बताउदै यहाँको माछा धेरै उत्पादन गरेर विक्री गर्ने वातावरण बनाउन तयार रहेको बताइन् ।
उनले फेवातालको माछा पालनलाई आधुनिकीकरण गर्नुपर्ने खाँचो समेत औल्याए। उनले फेवाताल किनारमा बसेका जलारी समुदायलाई एकिकृत बस्ती निर्माण गर्ने योजना महानगरको रहेको समेत बताए ।
पोखरा महानगरका प्रवत्ता धनबहादुर नेपालीले फेवाताललाई थप आकर्षण बनाउन माछाको बारेमा अध्ययन गर्न थलोको रुपमा समेत विकास गर्न सकिने बताए । थरिथरिका माछाहरुलाई फेवातालमा पालन गर्नसके पर्यटकका लागि थप आकर्षण बन्ने उनको भनाई थियो । यहाँ उत्पादन हुने माछाले जलारी समुदायको जीवन समृद्ध हुने बताए ।
महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले फेवातालको स्वच्छ र सफा माछा विक्री वितरण गर्नुपर्नेमा जोड दिँदै त्यसको बजारीकरण विविधीकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा ज्ञानबाहदुर जलारीले यहाँका जलारी समुदायको जीवन यापनमा माछाले भुमिका खेलेको बताउदै करेन्ट र विषादी प्रयोगले स्थानीय जातका माछा लोप हुदै गएको बताए। पोखरा महानगरपालिका वडा नम्वर १८ का वडा अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ह्याप्पी भिलेज टोलविकास संस्थाका अध्यक्ष महेन्द्र थापा, वडा सचिव चन्द्रकान्त पौडेल लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन