१९ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग भिड्दै

१९ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग भिड्दै

football-girls

काठमाडौँ । १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।

बंगलादेशको राजधानी ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाल र श्रीलंकाबिचको खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग बराबरी खेलेको थियो भने श्रीलंका भुटान र भारतसँग समान ५/५ गोलले पराजित भएको थियो ।

नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ । श्रीलंका अंक विहीन छ ।

श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन ।

च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ