कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

sher bahadur deuba

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

मंगलबार भएको दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित भएका हुन् ।

देउवाले २ हजार ७३३ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका थिए । ३५ मत भने बदर भएको छ ।

दोस्रो चरणमा ४ हजार ६२३ प्रतिनिधिले मतदान गरेका थिए । सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो ।

कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणमा ४ हजार ६६९ जनाले मतदान गरेका थिए ।

पहिलो चणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणमा देउवा विरुद्ध उभिएका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई सहयोग गर्ने निर्णय गरेपछि उनको जितको आधार तयार भएको थियो ।

यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उनी दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ