पोखरा। सेलाउँदो पर्यटकीय गतिविधिलाई चलायमान बनाउने उद्देश्य सहित पोखरा २३ मा ‘चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृतिक महोत्सव २०७८’ आयोजना हुने भएको छ ।
चापाकोट पर्यटन प्रवद्र्धन समितिले पोखरा महानगरपालिका २३ मा पर्यटन भित्राउने लक्ष्य सहित तेस्रो संस्करणको विविध प्रतियोगिता सहित मेला आयोजना गर्ने समितिका अध्यक्ष एवम् कार्यक्रम संयोजक भिम पराजुलीले बताए । उनका अनुसार उक्त मेला पौषको १ देखि ५ गतेसम्म सञ्चालन हुनेछ ।
संयोजक पराजुलीले सो मेलामा संस्कृति संरक्षण गर्ने उद्देश्य सहित भजन प्रतियोगिता, बाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता तथा दुना टपरी गाँस्ने प्रतियोगिता समावेश गरिएको जानकारी दिए । त्यसैगरी महोत्सवमा बाल नृत्य प्रतियोगिता समेत आयोजना हुनेछ ।
महोत्सवमा आयोजना हुने भजन, बाजा तथा रत्यौली प्रतियोगिताका विजेता समुहले प्रमाणपत्र तथा मेडल सहित नगद रु ३० हजार प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो, तेस्रो र सान्त्वना स्थान हाँसिल गर्ने समुहले मेडल तथा प्रमाणपत्र सहित क्रमश: २० हजार, १० हजार र ५ हजार हात पार्नेछ ।
संयोजक पराजुलीले बाल नृत्य तर्फ विजेताले मेडल तथा प्रमाणपत्र सहित ३ हजार प्राप्त गर्ने जानकारी दिए । पराजुलीका अनुसार द्वित्तिय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्नेले मेडल तथा प्रमाणपत्र सहित क्रमश: २ हजार, १ हजार र ५ सय प्राप्त गर्नेछन् ।
महोत्सवमा विभिन्न प्रतियोगितासँगै सांस्कृतिक विशेष आकर्षणहरु समेत समावेश गरिएको पराजुलीले बताए । ‘हामीले प्रतियोगिता मात्रै नभएर लोक संस्कृति संरक्षण गर्ने उद्देश्य सहित विभिन्न ख्याती प्राप्त कलाकारहरुलाई पनि निम्ताएका छौ, उनले भने, योसँगै हाम्रो मौलिकतासँग जोडिएको लठ्ठे पिङ, रोटे पिङको पनि व्यवस्था गरेका छौ ।’
उनका अनुसार सांस्कृतिक कार्यक्रम तर्फ प्रजापति पराजुली, जीवन दाहाल, पोखरेली माग्ने बुढा, तारापती सुवेदी, सरला पाण्डे, शिवहरी ढुङ्गाना लगायतको बेजोड प्रस्तुती रहने छ ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन