तीन वर्षीया बालिका करणी आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ

तीन वर्षीया बालिका करणी आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ

arrest

सांकेतिक तस्विर

इलाम – तीन वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले इलामको फाकफोकथुम-४ का ६२ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ । भतिजी नाता पर्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए ।

पीडकले बालिकालाई घरैमा बोलाएर यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ । बालिकाको आमा दिएको जाहेरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो ।

पीडित र पीडकबीच हाडनाता पर्ने भएकाले प्रहरीले पीडकको विस्तृत जानकारी सार्वजनिक गरेको छैन । पीडकले छिमेकमा रहेकी बालिकालाई घरैमा बोलाएर ललाइफकाइ यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ । ‘पीडकको यौनजन्य क्रियाकलाप जबरजस्ती करणीको भाषा भित्र पर्छ’, प्रहरी नायब उपरीक्षक थापाले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ