माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ चयन

माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ चयन

gayatri-gurung

पोखरा । नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छन् ।

शनिबारदेखि पोखरामा जारी अधिवेशनले सोमबार बिहान गुरुङलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । गुरुङ गण्डकी प्रदेशसभा सांसद पनि हुन्।

आकांक्षीहरू धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित गरेर पहिलो बैठकबाट अध्यक्ष तोकिएको हो । २८ सदस्य पछि थप्ने गरी २२९ सदस्यीय समिति चयन गरिएको हो।

दीपक कोइराला, निवर्तमान अध्यक्ष हरिराज अधिकारीलगायत अध्यक्षको दाबेदार थिए। प्रदेश समितिको दोस्रो बैठकमा उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारी तोक्ने बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ