प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । राष्ट्रिय भेलाले दिएको म्याण्डेटअनुसार चौतारीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले एक विज्ञप्ती जारी गर्दै संशोधित विधानअनुसार २ सय ४९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको जनाएका छन् ।
कास्कीबाट केन्द्रीय कमिटिमा १० जना
कास्कीबाट केन्द्रीय कमिटिमा १० जना परेका छन् । श्याम कुँवर र जमुना वर्षा शर्मा केन्द्रीय सदस्य निर्वाचित भएकाेमा यसअघि सुष्मा पौडेल र रुद्र श्रीष मगर मनोनित भएका थिए । अहिले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।
हरि बाँस्तोला, माधव बराल, राम्जीप्रसाद लम्साल, एमबी आस्था मगर, दीपेन्द्र श्रेष्ठ र खेम सारु मगरलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हाे । बास्तोला र कुँवर प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष र बराल निवर्तमान अध्यक्षसमेत हुन् । कुँवर अहिले गण्डकी प्रदेश सहइञ्चार्ज र पाैडेल प्रदेश अध्यक्षकाे जिम्मेवारीमा छन् । यस्तै, श्रीष प्रदेश महासचिव हुन् ।
केन्द्रीय कमिटीका सबै आगामी महाधिवेशनमा प्रतिनिधि हुने व्यवस्था छ । भेलाले विधान संशोधन गर्दै २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहने व्यवस्था गरेकाे थियाे ।
यस्तो छ केन्द्रीय कमिटीको सूची
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”88240″ /]
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते