धादिङ–पोखरा सम्पर्क समाजको २३ औं साधारणसभा सम्पन्न

धादिङ–पोखरा सम्पर्क समाजको २३ औं साधारणसभा सम्पन्न

dhading pokhara samparka 078 (1)

पोखरा । धादिङ्ग जिल्ला घर भई स्थायी तथा अस्थायी रुपमा पोखरामा बसोबास गरेका धादिङबासीको सामाजिक संस्था धादिङ्ग–पोखरा सम्पर्क समाजको २३ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणभाका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले अन्तर जिल्ला समाजमध्ये धादिङ समाज यहाँको अग्रणी समाज रहेको बताइन् ।

पोखरालाई समृद्ध बनाउन धादिङबासीको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले धादिङबासीको समस्यामा पनि पोखरेलीले उत्तिकै सहयोग गर्नुपर्ने उल्लेख गरिन् । ‘२३ वर्ष पुगिसकेको यो संस्था युवा अवस्थामा छ । पोखरामा हरेक क्षेत्रमा धादिङबासी स्थापित छन् । अझै वर्गिकरण गरेर सदस्यता बढाउनुहुन मेरो सुझाव छ ।’ नेकपा एमालेकी नेतृ समेत रहेकी कोइरालाले भनिन् – ‘राजनीति देशको मूल नीति भएकाले यसलाई घृणा गर्ने होइन तर यस्ता माउ संस्थामा राजनीति नघुसाउनुहोला । यहाँ हरेर राजनीतिक विचार बोक्नेहरु आवद्ध भएकाले राजनीति गर्ने थलो चाहिँ संस्थालाई नबनाउनुहोला ।’ धादिङबासीको समस्यामा मात्र नभई पोखरामै रगतको अभावलाई पूर्ति गर्न पनि वार्षिक रुपमा रक्तदानदेखि अन्य विभिन्न सामाजिक सेवाका काम समाजले गरिरहेकोमा उनले प्रंशसा पनि गरिन् ।

संस्थापक अध्यक्ष नवराज दुवाडीले समाज फल्दैफूल्दै झनै ठूलो हुनुपर्नेमा मतभिन्नता गरी कमजोर नबनाउन आग्रह गरे । पूर्व अध्यक्ष कृष्णप्रसाद लम्सालले समाजमा राजनीति नगर्न भन्दै राजनीतिक आस्थाकै आधारमा विभाजित हुन नहुनेमा जोड दिए । पूर्व अध्यक्ष युवराज खतिवडाले समाजको आफ्नै भवन बनाउन वर्तमान अध्यक्षलाई पहल गर्न आग्रह गर्दै आफूले ५ लाख प्रदान गर्ने घोषणा गरे ।

उक्त अवसरमा पूर्व अध्यक्ष हरिप्रसाद अर्याल, संस्थापक सचिव एवं सल्लाहकार रामकृष्ण दुवाडी, इकाईहरुका तर्फबाट ज्वालामुखी गाउँपालिका ईकाई अध्यक्ष शेरबहादुर अधिकारी, धादिङ त्रिपुरा बाराही महिला समूहकी अध्यक्ष बबिता मल्ल, धादिङ पोखरा पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारी, सल्लाहकार हरि पन्त लगायतले धादिङबासीहरु पोखरामा बढि संख्यामा मजदुर रहेकाले उनीहरुमाथि आईपर्ने जटिल समस्या समाधान गर्न समाज अझ बढि क्रियाशील हुनुपर्नेमा जोड दिँदै सम्पूर्ण धादिङ्गवासीलाई समितिमा आबद्धताका लागि आग्रह गरे ।

समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा भएको साधारणसभामा महासचिव सरस्वती श्रेष्ठ ‘सरु’ले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कुमार आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारीले स्वागत तथा महासचिव सरुले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा संस्थापक अध्यक्ष नवराज दुवाडीलाई सम्मानसमेत गरिएको थियो भने नयाँ आजीवन सदस्यहरुलाई आजीवन सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो ।

पोखरामा रहेका १ हजार बढि धादिङ्गवासी आबद्ध समाजले प्रत्येक वर्ष पोखरामा रक्तदान, धादिङ्गमा स्वास्थ्य शिविर, आँखा शिविर, सामुदायिक माविबाट एसएलसीमा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र तथा छात्रालाई सम्मान, विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरणका साथै विभिन्न दुर्घटनामा मृत्यु भएका परिवार तथा घाईते भएकालाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । समाजले गरेका कार्यक्रममा संयोजक तथा विभिन्न सहयोगी भूमिका निर्वाह गरेकालाई सम्मान समेत गरिएको थियो । पोखरामा धादिङबासी ४० हजार बढि रहेको अनुमान छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds