पोखरा । विश्वप्रसिद्ध भारतीय फर्निचर ब्राण्ड ‘भिवोन’का कुर्सीहरुको पोखरामा आधिकारिक रुपमा विक्रिवितरण शुरु भएको छ । फर्निचर व्यवसायमा पोखरामै अग्रणी मानिएको सिटीजन फर्निचर ट्रेड लिंक प्रालिले आधिकारिक रुपमा यो ब्राण्डका कुर्सीहरुको विक्रिवितरण शुरु गरेको हो । सिटीजन फर्निचर यो ब्राण्डका लागि प्रदेशस्तरिय आधिकारिक विक्रेता हो ।
लामो समय कार्यालयमा बसेर काम गर्ने कर्मचारीहरुमा कुर्सीको गुणस्तरकै कारण ढाड र घाँटी दुख्ने समस्या देखिने गरेकोले त्यस्तो समस्या नआउने गरि ‘भिवोन’ ब्राण्डका कुर्सीहरुको डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ ।
‘यो यस्तो प्रिमियम ब्राण्ड हो कि कम्पनीले सम्पूर्ण हिसाबमा गुणस्तरको मापदण्ड पु¥याएर बनाएको छ । र, हाम्रो ब्राण्डका सम्पूर्ण प्रोडक्टहरु सर्टिफाइड हुन् ।’ भिवोन ब्राण्डको कन्ट्री सेल्स हेड प्रविन श्रीवास्तवले भने– ‘परम्परागत कुर्सीहरुको तुलनामा यी कुर्सीहरु धेरै हदसम्म बलियो र स्वस्थकर छन् ।’
नेपालमा यो ब्राण्डका कुर्सीहरु लञ्च भएको करिब एक वर्ष भैसकेको छ । र, यसको प्रयोग पछि प्रयोकर्ताहरुले दिएको रेटिङ पनि निकै अब्बल रहेको कम्पनीको दाबी छ । ‘हाम्रो कुर्सीहरुको प्रयोगपछि प्रयोगकर्ताहरुले निकै राम्रो प्रतिक्रिया दिनुभएको छ । यसले हामीलाई अझै बढि हौसला पनि मिलेको छ ।’ श्रीवास्तवले भने ।
कम्पनीले आफ्नो ब्राण्डका सबै डिजाइनका कुर्सीहरुमा २ वर्षको वारेन्टी दिएको छ । दुई वर्षको बीचमा कुर्सीहरुमा आउन सक्ने जुनसुकै खालको समस्यालाई कम्पनीले निशुल्क रुपमा ‘मेन्टेनेन्स’को सुविधा दिएको छ । पोखराको लागि आधिकारिक विक्रेता कम्पनी सिटीजन फर्निचर ट्रेड लिंक प्रालिले नै त्यसको सहजीकरण गर्नेछ ।
‘हामीले पोखरामा थुप्रै विदेशी ब्राण्डका फर्निचर सँगै स्थानियस्तरमा आफ्नै उत्पादनका फर्निचरहरु विक्रिवितरण गरिरहेका छौँ । यद्यपि यो ब्राण्डको विशेषताले हामीलाई पनि लोभ्याएकै कारण दुई कम्पनी बीच व्यवसायिक सहमती भएको हो ।’ सिटीजन फर्निचर ट्रेड लिंक प्रालिका संचालक दीपक कार्कीले भने– ‘हामीसँग जोडिनुभएका र जोडिनुहुने ग्राहकहरुले पक्कै पनि यो ब्राण्ड रुचाउनुहुनेछ भन्ने हामीलाई विश्वास छ ।’
भैरव ग्रुपद्वारा संचालित सिटीजन फर्निचरको पोखरा आउटलेट र फर्निचर उद्योग गरि हाल पोखरामा मात्रै करिब २ सय जना कर्मचारीहरु यो कम्पनीमा आबद्ध छन् ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते