राजाले पनि पार्टी खोले हुन्छ, नत्र व्यापार गरेर बसे हुन्छः नेता नेपाल

राजाले पनि पार्टी खोले हुन्छ, नत्र व्यापार गरेर बसे हुन्छः नेता नेपाल

Madhav Nepal Kumar

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई राजनीतिक पार्टी खोल्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिने क्रममा नेता नेपालले पूर्वाराजा ज्ञानेन्द्र शाहलाई नयाँ पार्टी खोलेर राजनीतिमा आउन सुझाव दिएका हुन् ।

‘नेपालमा राजतन्त्रको कुनै भविष्य छैन,’ उनले भने, ‘राजाले पनि एउटा पार्टी खोले हुन्छ, एउटा पसल खोलेर बसे हुन्छ ।’

उनले नेपालमा एउटा वंशको शासन अब सम्भव नभएको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ