पूर्वडिआइजी रमेश खरेलले आज नयाँ दल घोषणा गर्दै

पूर्वडिआइजी रमेश खरेलले आज नयाँ दल घोषणा गर्दै

Ramesh-Kharel

काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आज नयाँ दल घोषणा गर्दैछन् ।

आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल ‘नेपाल सुशासन पार्टी’ नामक घोषणा गर्न लागेका हुन् ।

देशले राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचारजस्ता कारणले विकासको गति लिन नसकेको भन्दै आफूले नयाँ पार्टी गठन गर्न लागेको उनले बताएका छन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गौरवमय इतिहास र आफ्नै फरक पहिचान बोकेको हाम्रो देश नेपाल, पृथ्वीकै लागि गर्विलो देश हो। देशलाई समृद्ध बनाई देश सफल र शक्तिशाली बनाउन नेपालमा थुप्रै सम्भावनाहरू रहेका छन्। तर दुर्भाग्यबस हरेक सम्भावनाबाट पर्याप्तता रहेको हाम्रो देश राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार जस्ता कारणले गर्दा विकासको गति लिन पाएन।’

सुशासनअभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेल २९ वर्ष प्रहरी सेवामा थिए। प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै उनले डिआइजी पदबाट राजीनामा दिएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ