पोखरामा ट्रक दुर्घटनाः २ जनाको मृत्यु

पोखरामा ट्रक दुर्घटनाः २ जनाको मृत्यु

Truck-Accident-Bijayapur-Kaski

पोखरा । पोखरामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका– २६ विजयपुरमा लेखनाथबाट पृथ्वीचोकतर्फ आउँदै गरेको लु२ख २९४८ नम्बरको फलामे छड बोकेको ट्रक आज बिहान साढे ४ बजे नालीमा पल्टिदा दुई जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीम बहादुर तामाङ र अर्का पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् ।

दुर्घटनामा परेका दुई जनालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले करिब ६ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ