अमेरिकाबाट मोर्डनाको १४ लाख ९७ हजार मात्रा खोप नेपाल आइपुग्यो, बालबालिकालाई लगाइने

अमेरिकाबाट मोर्डनाको १४ लाख ९७ हजार मात्रा खोप नेपाल आइपुग्यो, बालबालिकालाई लगाइने

Covishield_Vaccine covid khop

काठमाडौँ । अमेरिकाबाट कोराना भाइरसविरुद्धको मोडर्नाको खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मात्रा मोडर्नाको खोप नेपाल आइपुगेको हो ।

कोभ्याक्स सुविधाअन्तर्गतको खोप अमेरिकाबाट कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।

आज आएको मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ ।

नेपालमा अहिलेसम्म खरिद गरेर, अनुदान र कोभ्याक्स मार्फत दुई करोड ९४ लाख ५३ हजार पाँच सय २० मात्रा खोप ल्याइएको छ ।

सरकारले बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds