पोखरामा सरकारी जग्गामा व्यक्तिको नाममा घर बनाएर दिने भन्दै ठगी गर्ने एक व्यक्ति जेल चलान भएका छन् ।
पोखरा महानगरपालिका -१४ स्थित भोटे चौतारामा रहेको सरकारी जग्गामा घर बनाएर उपलब्ध गराउँछौ भनी स्थानीयबाट रकम ठगी गर्ने मध्येका मुख्य योजनाकार स्याङ्जा भिरकोट -८ घर पोखरा -९ बस्ने ३३ वर्षीय उत्तम बि.क. भनिने खेम बहादुर बस्याल कास्की कारागार चलान भएका हुन् ।
भूमि सम्बन्धी समस्या समाधान आयोगको आधिकारिक लेटर प्याड, रबर छाप र अध्यक्षको दस्तखत किर्ते गरी ठगी गर्ने कार्यका मुख्य योजनाकार बस्याललाई कास्की जिल्ला अदालतले ठगी मुद्दामा दुई लाख र लिखत सम्बन्धी मुद्दामा एक लाख ५० हजार धरौटी रकम माग गरेको हो ।
माग बमोजिमको धरौटी रकम जम्मा गर्न नसकेपछि बस्याल बुधबार जेल चलान भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
भोटे चौताराको सरकारी जग्गामा घर बनाइदिने भन्दै मानिसहरूबाट नौ लाख ४६ हजार ठगी गर्ने मुद्दाका मुख्य योजनाकार बस्याल फरार रहेकोमा यही मंसिर १९ गते पक्राउ गरी प्रहरीले पक्राउ गरी कास्की जिल्ला अदालतमा पेस गरेको थियो ।
उनी विरुद्ध झिल्के परियार समेत २१ जना पीडित व्यक्तिहरूले ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता गरी मुद्दा अनुसन्धानको क्रममा रहेको र वैदेशिक रोजगार विभागले समेत पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो