पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय समितिको १० औं पूर्ण बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै पार्टीको चौंधौं महाधिवेशनमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् । बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन फेरि १ पटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनी १२ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।
सहमहामन्त्रीमा चर्चा चले पनि अन्ततः उनले केन्द्रीय सदस्यमै उम्मेदवारी दिने भएका हुन् । युवापुस्तालाई पार्टीको नेतृत्वमा पुर्याउनका लागि सहमहामन्त्रीमा उनीहरुलाई अवसर दिनकै लागि आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको पोखरेलको भनाइ थियो । मुलुकलाई अप्ठेरो परेका बेला निकास दिने नेपाली कांग्रेस नै भएकाले अबका चुनावमा प्रष्ट बहुमत ल्याउनका लागि त्यसै अनुसारको तयारी गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जेठ २९ गते गठन भएको आफू नेतृत्वको सरकारले हतारमा बजेट ल्याउनु परे पनि नागरिकले अनुभूति गर्ने गरी काम गरेको दाबी गरे । उनले भने, ‘६ महिनामै चमत्कार भयो भनेर म भन्दिनँ तर पनि केही उदाहरणीय काम गरेका छौं ।’
महिलाका लागि स्तन र पाठेघरको क्यान्सरको निशुल्क उपचार, प्रदेशलाई सडक मानवमुक्त घोषणा, कोरोनाले अभिभावक गुमाएका बालबालिकालाई शिक्षाका लागि मासिक ५ हजार रुपैयाँ प्रदान लगायतका लोकप्रिय काम पोखरेल नेतृत्वको सरकारले यो अवधिमा गरेको छ ।
कोरोनाबाट ज्यान गुमाउनेका परिवारलाई ५० हजार रुपैयाँ, साना व्यवसायीका लागि व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिइएको उनले बताए । प्रदेशलाई पूर्ण साक्ष घोषणा, शिक्षा र स्वास्थ्य नीति घोषणा पनि यही अवधिमा गरिएको छ । अब प्रदेशमा १८ वर्षभन्दा माथिको उमेरका सबैजसोले कोरानाविरुद्धको खोप लगाइसकेको भन्दै अब नयाँ भेरियन्टबाट बच्नका लागि समेत सतर्कता अपनाइएको उनको दाबी छ ।
कोरोनाको उपचार र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले थप जनशक्ति नियुक्तिका लागि प्रक्रिया थालेको जानकारी उनले गराए ।
गण्डकीको पर्यटन प्रबद्र्धनका लागि समेत प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावतलाई गण्डकीमा स्वागत, ११ देशका राजदूतलाई पोखरा बोलाएर आतिथ्यता प्रदान गरेपछि पोखरा सुरक्षित छ भन्ने सन्देश प्रवाह भएको पनि उनले बताए ।
सम्बन्धित खबर
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
तेस्रो वडा अध्यक्ष कपको उपाधि बौदीकालीलाई
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर