कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट अवैध लागु औषधसहित छ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका-५ मालेपाटनबाट तीन जना, पोखरा -८ सृजनाचोकबाट दुई जना र पोखरा-९ पृथ्बीचोकबाट एकजना गरी छ जनालाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
तिवारीका अनुसार पक्राउ पर्नेमा गोरखा जिल्ला पालुङ्टार नगरपालिका -८ धुँवाकोट स्थायी घर भएका रोशन काराखेती, आरुघाट गाउँपालिका -५ घर भएका वुद्ध कार्की र खोटाङ जिल्ला जन्तेढुंगा गाउँपालिका -५ स्थायी घर भएका मिलन राई छन्।
प्रहरीले उनीहरुको साथबाट डाईजापाम -९ एम्पुल, फेनेरागन-९ एम्पुल फेनेरागन र नुर्फिन -९ एम्पुल गरी जम्मा २७ एम्पुल लागु औषध वरामद गरेको छ।
यस्तै, सृजनाचोक बस्ने विश्व गिरी र पोखरा -१४ छिनेडाँडा बस्ने सुनिल परियारको साथबाट डाईजापाम -३१ एम्पुल, नुर्फिन -३१ एम्पुल र फेनेरागन ३१ एम्पुल वरामद गरेको छ। भने, माछापुछ्रे गाउँपालिका वडा नं -४ लाहाचोक घर भइ पोखराको पृथ्बीचोक बस्दै आएका सुवास रानामगरको साथबाट डाईजापाम- १५ एम्पुल, नुर्फिन- १५ एम्पुल र फेनारगन- १५ एम्पुल वरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरुविरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता तिवारीले बताए।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने